युवाको भविष्य सुनिश्चित हुने वातावरण बनाउन माग

कार्यक्रममा राष्ट्रिय युवा गैसस महासङ्घका केन्द्रीय अध्यक्ष शशि शर्मा मजगैयाँले अबको नीति अत्यन्तै व्यवहारिक र वैज्ञानिक बनाउन केन्द्रित भएको बताए । मन्त्रालय सँग प्राविधिक सहकार्य गरिरहेको महासङ्घले सातै प्रदेशमा युवाहरूका आवाज समेट्न केन्द्रित रहेको उनको भनाई छ । महिनामा लाखौँ युवा बिदेसिएको अहिलेको तथ्याङ्क अत्यन्तै भयावह भएको भन्दै युवाको उद्यमशीलता र रोजगारीमा स्पष्ट दिशा निर्देश गर्ने खालको नीति बनाउनका लागि आफूहरू लागि परेको उनले बताए ।
